मंगलबार, २७ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, २७ कार्तिक २०७५

दुई ‘हाइप्रोफाइल’ हत्या रहस्यमै

दैनिक नेपाल २०७५ कार्तिक २१ गते ७:५८

काठमाडौं, २१ कात्तिक । निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा लापरबाही गरेर विश्वास गुमाएको नेपाल प्रहरी राजधानीमै भएको ‘हाइप्रोफाइल’ हत्या अनुसन्धानमा पनि असफल भएको छ ।

पूर्वराजदूत केशवराज झाको हत्या भएको ७८ दिन पुग्दा पनि प्रहरीले कुनै रहस्य खोल्न नसकेको छैन । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

४ भदौमा घरमै सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी झाको हत्या भएको थियो । हत्यालगत्तै प्रहरीले तीन कामदारलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । तर, घटनामा उनीहरूको संलग्नताको कुनै प्रमाण नभेटिएपछि छुटिसकेका छन् ।

पक्राउ परेकामध्ये कान्छाराम तामाङले प्रहरीलाई दिएको बयान झुटो भएको पोलिग्राफ टेस्टमा खुलेको थियो । तर, अन्य प्रमाण प्रहरीले पत्ता लगाउन सकेन । तामाङ झाको घरको सुरक्षागार्ड तथा सहयोगी थिए ।

हत्या निकै योजनाबद्ध भएकाले अनुसन्धानमा समय लागेको अपराध महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले बताए । महाशाखाले झा हत्या घटनालाई पहिलो प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित