मंगलबार, २७ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, २७ कार्तिक २०७५

एक दशक पुराना दुई ‘हाइप्रोफाइल’हत्या रहस्यमै

दैनिक नेपाल २०७५ कार्तिक २१ गते ७:५६

काठमाडौं, २१ कात्तिक ।

घटना १ : १७ असोज ०६६ मा ललितपुरको धोबीघाटमा व्यवसायी दिवाकर चन्द हत्या गरिएको अवस्थामा भेटिएका थिए । घाँटी थिचेर हत्या भएको पोस्टमार्टम रिपोर्ट आएको थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । घटनाको अनुसन्धान अपराध शाखादेखि सिआइबीसम्मले गरे । तर, घटनाको ९ वर्ष पूरा भइसक्दा पनि अहिलेसम्म रहस्यमै छ । चन्द धनाढ्य थिए ।

हत्याको केही दिनअघि मात्र करोडौँ मूल्य पर्ने जग्गा बिक्री गरेका थिए । छाउनी क्षेत्रमा घर भए पनि डेरामा बस्ने चन्द प्रायः युवतीहरूलाई डेरामा लैजान्थे । घटनाको पाँच दिनअघि १२ असोजमा पनि मोनिका र सरिता नामका दुई युवतीलाई लगेका थिए । पुल्चोकस्थित एक दोहोरी रेस्टुरेन्टमा मदिरा पिएर आफूहरू चन्दको डेरामा गएको अनुसन्धानमा युवतीले बताएका छन् । उनीहरूलाई पटक–पटक बोलाएर सोधपुछ गरेपछि अनुसन्धान निष्कर्षमा पुग्न सकेन ।

घटना २ : नेपाल प्रहरीका तत्कालीन सइ कुवेर कार्कीको हत्या भएको १२ वर्ष भइसकेको छ । तर, यो घटनाको अनुसन्धान पनि शून्यमै छ । २१ मंसिर ०६३ मा सइ कार्कीको गोठाटारमा खुकुरीले हानेर हत्या भएको थियो । सुतिरहेका उनलाई मध्यराति बरन्डामा बोलाएर आक्रमण गरिएको थियो ।

कार्की त्यतिवेला कांग्रेस नेता खुमबहादुर खड्काको पिएसओका रूपमा कार्यरत थिए । घटनाअघि उनी श्रीमतीसँगै सुतेका थिए । तर, श्रीमतीले भने आफू मस्त निद्रामा भएका कारण घटनाबारे थाहा नपाएको बताएकी थिइन् । कार्की हत्याको अनुसन्धानमा परिवारबाटै पनि पर्याप्त सहयोग नमिलेको प्रहरी अधिकारीहरू बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित