मंगलबार, २७ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, २७ कार्तिक २०७५

बैंकको नयाँ नियम लागू, धेरैलाई हुने भयो तनाव

दैनिक नेपाल २०७५ कार्तिक २१ गते ७:४०

काठमाडौं, २१ कात्तिक । अब नेपाली नागरिकले विदेश जाँदा राहदानीबापत प्रतिव्यक्ति १ हजार ५ सय अमेरिकी डलर मात्र सटही सुविधा पाइने भएको छ । राष्ट्र बैंकले मंगलबार एक परिपत्र जारी गरेर बैंकहरूलाई यस्तो निर्देशन दिएको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

बिनाप्रयोजन विदेश जाने प्रवृत्ति बढ्न थालेपछि त्यो नियन्त्रणका लागि डलर सटही सीमा घटाइएको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले बताए।

तीन वर्षअघि राष्ट्र बैंकले भारतबाहेक अन्य मुलुक जाने नागरिकलाई राहदानीबापत प्रतिपटक २ हजार ५ सय अमेरिकी डलर वा सो बराबर अन्य परिवत्र्य विदेशी मुद्रा सटही दिने व्यवस्था थियो। ‘स्वदेशी पर्यटनलाई प्रवर्द्धन र विदेशी पर्यटनलाई निरुत्साहित गर्न यस्तो नीति ल्याइएको हो,’ उनले भने।

यसैगरी राष्ट्र बैंकले विदेश जाँदा प्रयोग गरिने टेलिग्राफिक ट्रान्सफर (टीटी)को सीमा पनि घटाएर एक पटकमा ३० हजार अमेरिकी डलर बनाएको छ। यसअघि यस्तो सीमा प्रतिपटक ४० हजार अमेरिकी डलर थियो ।

अब वाणिज्य बैंकले विदेशबाट आफ्नो पुँजीको ५० प्रतिशतसम्म ऋण लिन पाउने भएका छन् । यसअघिको २५ प्रतिशतसम्म मात्र ऋण लिन पाउने सीमा बढाएर ५० प्रतिशत पुर्‍याएको हो । मंगलबार परिपत्र जारी गरी राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिएको छ ।

पछिल्ला वर्षमा ऋणको माग उच्च भएको र सो अनुपातमा निक्षेप संकलन हुन नसकेपछि राष्ट्र बैंकले बैंकहरूलाई विदेशी मुद्रामा ऋण लिन पाउने सुविधा दिएको थियो । बैंकहरूले विदेशबाट ऋण लिन पाउने सुविधा पाए पनि हालसम्म एनएमबीबाहेक अरू कुनै बैंकले ऋण ल्याउन सकेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित