मंगलबार, २७ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, २७ कार्तिक २०७५

२ सय ७२ महिला बस्ने क्याम्पभित्र यी नेपाली महिला बनिन् ‘काल’, महिलाहरूको भागाभाग

दैनिक नेपाल २०७५ कार्तिक २१ गते ७:३५

काठमाडौं, २१ कात्तिक । संयुक्त अरब इमिरेट्स (यूएई)को सारजाहस्थित तान्जिफ्को इमिरेट्स कम्पनीमा कार्यरत नेपाली महिला शोकमा डुबेका छन् । त्यस क्याम्पमा २ सय ७२ नेपाली महिला बस्छन्। कान्तिपुर दैनिकले समाचार छापेको छ ।

गत कात्तिक ९ गते उनीहरूले सोच्दै नसोचेको घटना घट्यो । सिन्धुलीकी सविना तामाङको आक्रमणबाट कोठामा बसिरहेकी काठमाडौंकी सिर्जना बरालको हत्या भएपछि क्याम्पभित्रको त्रास अझै हटेको छैन।

घटनामा सविनाको प्रहारबाट घाइते भएकी ममता चौधरीको स्थिति अझै गम्भीर छ। सामान्य घाइते सलिना मगर र आशा दर्जी क्याम्प फर्किसकेका छन् ।

सारजाहको औद्योगिक क्षेत्र–१२ नम्बरमा रहेका क्याम्पमा एक वर्षअघि मात्रै सविना अर्को क्याम्पबाट आएकी थिइन् । ३ वर्षअघि यूएई आएकी उनी यसअघि रस अल खैमह र फुजैराह हुँदै सारजाहमा कम्पनीले ल्याएको थियो ।

‘झगडा गरिरहने र अत्यधिक मदिरा पिउने भएकाले सविनालाई कम्पनीले मदिरा नपाउने सारजाहमा ल्याएको थियो । कोही न कोहीसँग सधैं झगडा परिरहन्थ्यो ।

उनलाई कम्पनीले पटक–पटक चेतावनीसमेत दिएको थियो,’ क्याम्पमा रहेकी एक युवतीले कान्तिपुरलाई भनिन्, ‘सामान्य विवादले ज्यानै लिने काम गरिन् ।’

घटना हुनुको पछाडि ठूलो विवाद थिएन । त्यस दिन ९कात्तिक ९ गते० लक्ष्मी राई, आशा दर्जी, सिर्जना बराल र सविना तामाङबीच मरुभूमिको बगरमा विवाद भयो । ‘सविनाको मुख्य विवाद लक्ष्मी राईसँग भयो ।

त्यसमा सिर्जनाले लक्ष्मीको समर्थनमा बोलेकी थिइन्,’ प्रत्यक्षदर्शीले कान्तिपुरलाई भनिन्, ‘त्यहाँ सामान्य ठेलाठेल र भनाभन मात्र भयो । राति ११ बजे क्याम्पमा कोलाहल मच्चियो । पल्लो कोठामा बस्ने ममता चौधरी कुदेर झगडा भएको कोठामा पुगिन् । उनी पुग्दा सविनाले सिर्जनालाई छुरी प्रहार गरिसकेकी थिइन् । सिर्जना भुइँमा ढलेर ऐयाऐया भनेर चिच्याइरहेकी थिइन् ।’

सविनाले कोठामा लक्ष्मीलाई नभेटेपछि सिर्जनालाई चक्कु प्रहार गरेकी थिइन् । ‘उनीहरूबीच कपाल लुछालुछ भएको थियो । सविनाले कम्मरमा लुकाएर ल्याएको छुरीले सिर्जनाको तिघ्रा, योनी हुँदै पेटसम्म घोपिन्,’ ती युवतीले भनिन्, ‘छुटाउन कोठामा आइपुगेकी ममताको टाउकोमा सविनाले छुरी प्रहार गरिन् । उनी ढलेपछि ढाडमा ३ पटक प्रहार गरिन् । छुट्याउन गएकी सलिना र आशाको तिघ्रामा चोट लाग्यो ।’

घटनाले आफूहरूलाई निकै गहिरो चोट पुर्‍याएको कार्यरत महिलाहरूले बताए । ‘क्याम्पमा २ सय ७२ नेपाली महिला छन् ।

तीमध्ये एकरदुई जना खराब भए पनि सबै खराब छैनन्,’ अर्की युवतीले भनिन्, ‘खाडीमा आएर क्लिनिङको काम गर्नुमा सबैको आ–आफ्नो बाध्यता छ । हाम्रो पनि घर, परिवार र समाज छ । सिर्जनाको हत्याले सबै जना दुस्खित छौं । हामी पनि बदनाम भयौं ।’

प्रतिक्रिया
सम्बन्धित