
काठमाडौँ, २० कार्तिक । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवर्द्धित चन्द्रागिरि केवलकार लगायका अन्य सेवाहरु तिहार विदाका सम्पूर्ण दिनहरूमा समेत संचालनमा आउने भएको छ ।
दैनिक काममा व्यस्त रहने दर्शनार्थीहरू एवम् आन्तरिक तथा बाह्य पर्यटकहरूको सुविधालाई ध्यानमा राखेर विदाको दिनमा सेवा दिने निर्णय लिएको व्यवस्थापनले पक्षले जनाएको छ ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।















प्रतिक्रिया