मंगलबार, २७ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, २७ कार्तिक २०७५

राईनो गोल्डकप : नवलपरासीलाई हराउँदै सेमिफाईनल पुग्यो वीरगंज

दैनिक नेपाल २०७५ कार्तिक २० गते १८:०३

-बिजय चालिसे
कावासोती, २० कात्तिक । वीरगंज युथ एकेडेमी नवलपुरमा जारी राइनो सरक्षण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मध्यविन्दु नगरपालिका–२, कोल्हुवामा मंगलबार भएको पहिलो क्वाटर फाइनल खेलमा नवलपरासी ११ लाई ३–२ ले हराउँदै सेमिफाइनल पुगेको हो ।

खेलको पहिलो हाफको ८ औं मिनेटमा केभिनले गोल गर्दै वीरगंजलाई अग्रता दिलाएका थिए । तर १२ औं मिनेटमा आत्मघाती गोलमार्फत नवलपरासीले बराबरी गर्ने मौका पायो । पहिलो हाफकै २५ औं मिनेटमा वीरगंजका चतुर्धन चौधरीले गोल गर्दै टिमलाई फेरि २–१ को स्थितिमा पु-याए । ३५ औं मिनेटमा केभिनले ब्याक्तिगत दोस्रो गोल गरेपछि खेलको पहिलो हाफ ३–१ मा सकिएको थियो ।

दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरेपनि नवलपरासीले हार भने टार्न सकेन । दोस्रो हाफको पहिलो मिनेटमा सबि गुरुङले गोल गर्दै खेललाई ३–२ बनाएका थिए । त्यसपछि कुनैपनि टिमबाट गोल हुन नसकेपछि खेलको नतिजा वीरगंजको पक्षमा प-यो ।

अब फाइनल प्रवेशका वीरगंजले २७ गते नेपाल पुलिस क्लबसँग खेल्ने छ । प्रतियोगिताका बाँकी खेलहरु अब तिहारपछि मात्रै सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित