
काठमाडौं, २० कात्तिक । चितवन राईनोजका सन्नी पटेल पहिलो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामाको सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।
पोखरा रंगशालामा मंगलबार सम्पन्न प्रतियोगिताको उपाधि पोखरा पल्टनले जितेपनि चितवनका खेलाडी उत्कृष्ट बनेका हुन् । प्रतियोगिताको उपाधि भिडन्तमा चितवनलाई ३ विकेटले पाराजित गर्दै पोखराले उपाधि जितेको हो ।
खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका पीपीएल क्रिकेटमा सर्वोत्कृष्ट बन्दै प्लेयर अफ दि टुर्नामेन्ट बनेका सन्नीले सुजुकी जिक्सर १ सय ५५ सीसी मोटरसाइकल प्राप्त गरे ।
यस्तै प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान भने काठमाडौँका गौरब तोमार बनेका छन् । उनले पनि सुजुकी जिक्सर १ सय ५५ सीसी मोटरसाइकल प्राप्त गरे ।
उत्कृष्ट बलर चितवनका करण केसी घोषित भए । उनले पनि सुजुकी जिक्सर १ सय ५५ सीसी मोटरसाइकल नै प्राप्त गरे ।
प्रतियोगितामा मोस्ट भ्यालुएबल प्लेयर बनेका ललित नारायण राजवंशीले १ लाख १ हजार पाएका छन् । इमर्जिङ खेलाडीको उपाधि भने पोखराका राशिद खान भए उनले ५१ हजार नगद पाए ।















प्रतिक्रिया