मंगलबार, २७ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, २७ कार्तिक २०७५

हडर्ल्सफिल्डलाई घरेलु मैदानको फाइदा

दैनिक नेपाल २०७५ कार्तिक २० गते १०:२८

लण्डन, २० कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा हडर्ल्सफिल्ड टाउन विजयी भएको छ ।

घरेलु मैदानमा भएको खेलमा हडर्ल्सफिल्डले फुलह्यामलाई १–० ले हराएको हो ।

जितका लागि हडर्ल्डफिल्ड आफैले गोल भने गर्नु परेन । २९ औँ मिनेटमा फुलह्यामका फोसु मेनसाहले आत्मघाती गोल गरे र त्यहि गोलले हडर्ल्सफिल्ड टाउनलाई जितायो ।

प्रिमियर लिगको यो सिजनमा हडर्ल्सफिल्डको यो पहिलो जित हो । ११ औँ खेलमा आएर उसले सिजनको पहिलो जित निकालेको हो । उसको ११ खेलबाट ६ अंक भएको छ र १८ औँ स्थानमा छ । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित