११ कार्तिक २०८३, बुधबार

यी साधारण कर्मचारीसँग चकित पर्ने सम्पत्ति कहाँबाट आयो ?

4.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० कात्तिक । तत्कालीन सहायक वन अधिकृत विनोदकुमार सिंहविरुद्ध विशेष अदालतमा सोमबार भ्रष्टाचार मुद्धा दायर गरिएको छ ।

करिव दुई करोड रुपैयाँबराबरको सम्पत्तिको स्रोत पुष्टि नभएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी छ । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

सिंहले पदीय दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै परेको उजुरीउपर छानविनपछि आयोग भ्रष्टाचार मुद्धा चलाउने निष्कर्षमा पुगेको हो ।

सिंहसहित अवैध सम्पत्ति लुकाउन सघाएको आरोपमा पत्नी गीतदेवी, छोरा अनुपकुमार र अचल कुमारलाई समेत भ्रष्टाचारमा सजाय मागिएको छ ।