१ कार्तिक २०८३, शनिबार

पत्रकार खशोग्गीको हत्या बारे बुझ्न इस्तानबुल पुग्यो साउदी टोली

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इस्तानबुल, १९ कात्तिक । आफ्नो देशका पत्रकार जमाल खशोग्गीको हत्या बारे थप अनुसन्धान गर्न साउदी अरबले एउटा टोली टर्कीतर्फ पठाएको छ ।

खशोग्गीको हत्या भएको ठाउँ टर्कीको राजधानी इस्तानबुलतर्फ टोलीलाई पठाइएको अधिकारीहरुले जनाएका छन् । रसायनशास्त्री र विषविज्ञान विज्ञ पनि रहेको टोलीले हत्याका प्रमाणहरु खोजी गर्ने टर्कीको पत्रिकाले सोमबार लेखेको छ ।

पत्रकार खशोग्गीको हत्यामा साउदी अरबको राजदरबारकै संलग्नता रहेको आशंका र आरोप लागिरहेका बेला साउदी अरबले अनुसन्धान टोली पठाएको हो । टर्कीका अधिकारीहरुले पत्रकार खशोग्गीको हत्यासम्वन्धी डरलाग्दो विवरणहरु रहेको जनाएका छन् ।

इस्तानबुलस्थित महावाणिज्य दूतावासमा गएका बेला ५९ बर्षिय पत्रकार खशोग्गीको हत्या भएको सार्वजनिक भएपनि शव भने अहिले सम्म भेटिएको छैन । टर्कीकी महिलासँग बिहेका लागि आवश्यक कागजातहरू लिन खशोग्गी गत अक्टोबर २ मा वाणिज्य दूतावास गएका बेला हत्या भएको थियो ।

टर्कीको सरकार पक्षीय सवाह दैनिकले गत अक्टोबर ११ तारिखका दिन नै साउदी अरबले ११ सदस्यीय टोली टर्की पठाएको समाचार लेखेको छ । स्वघोषित अनुसन्धान टोलीमा रसायन शास्त्री अहमद अब्दुल्लाजिज अल्जानोबी र विषज्ञान शास्त्री खालेद याह्या अल जाहरानी रहेको पत्रिकाले जनाएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भने साउदी अरबकै उच्च तहको संलग्नतामा खशोग्गीको हत्या भएको आरोप लगाएका छन् । त्यसैगरी टर्कीका अनुसन्धानकर्ताहरूले पनि निर्वासित जीवन विताइरहेका पत्रकार खशोग्गीको घाँटी अठ्याएर हत्या भएको दावी गरेका छन् ।

दशकौँसम्म साउदी राजपरिवारको निकट रहेर सरकारको सल्लाहकारका रूपमा पनि काम गर्नु भएका पत्रकार खशोग्गीको पछिल्लो समय राजपरिवारसँगको सम्बन्ध विग्रिएको थियो ।राजपरिवारबाट टाढा भएपछि उनले अमेरिकामा निर्वासित जीवन विताउदै वाशिङ्टन पोष्टमा लेख लेख्दै आएका थिए ।

मासिक रुपमा स्तम्भ लेख्न थालेपछि उनले साउदी युवराज मोहम्मद बिन सलमानका नीतिहरूको आलोचना गर्ने गरेका थिए। त्यही आलोचक भएकैले उनको हत्या भएको कतिपयको आशंका छ । –एजेन्सी