४ कार्तिक २०८३, बुधबार

राईनो गोल्डकप : नेपाल पुलिस विजयी

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–बिजय चालिसे
कात्तिक १९, कावासोती । राइनो सरक्षण गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । डिफेन्डिङ च्याम्पियन समेत रहेको सीएमजी सकटा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस विजयी भएको हो ।

पहिलो हाफको १३ औं मिनटमा नेपाल पुलिस क्लवका अभिषेक रिजालले गरेको गोल निर्णायक बन्यो । दोस्रो हाफमा संकटाले केही आक्रमक प्रहार गरेपनी गोलमा परिणत हुन सकेन । खेलको म्यान अफ दि म्याच निर्णायक गोल गरेका पुलिसका अभिषेक रिजाल भए ।

प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा आयोजक नवलपरासी र वीरगंज युथ एकेडेमीबीच हुने आयोजकले जनाएको छ ।