११ कार्तिक २०८३, बुधबार

रगतको मूल्य प्रतियुनिट एक सय रुपियाँ वृद्धि

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । नेपाल रेडक्रस सोसाइटीले अबैध रूपमा स्वास्थ्योपचारका लागि अत्यावश्यक रगतको मूल्य वृद्धि गरेको छ ।

रेडक्रसले सरकारको अनुमतिबिनै प्रतियुनिट रगतमा एक सय रुपैयाँ मूल्य बढाएको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

रेडक्रसको केन्द्रीय रक्त सञ्चार सेवाले गत बिहीबारदेखि प्रतियुनिट रगतमा यसअघि लिँदै आएको शुल्कमा एक सय रुपैयाँ थप लिने सूचना जारी गरेको छ ।

केन्द्रीय रक्त सञ्चार सेवाका निर्देशक डा मनिता राजकर्णिकारले बिहीबार रगतको मूल्य वृद्धि भएको सूचना प्रकाशित गरेकी हुन् ।

सूचनामा ‘केन्द्रीय रक्त सञ्चार सेवा’ बाट रगत तथा रक्त तत्त्व उपलब्ध गराउने क्रममा लिइँदै आइएको शुल्कमा हाललाई रक्त संकलनमा रिफ्रेसमेन्ट तथा अन्य खर्च व्यवस्थापनका लागि नेपाल सरकार राष्ट्रिय रक्त सञ्चार ब्युरोको निर्णयअनुसार बिहीबार १५ कात्तिक देखि प्रतियुनिट एक सय रुपैयाँ थप लिने व्यवस्थाका लागि सूचित गरिएको उल्लेख छ ।