११ कार्तिक २०८३, बुधबार

कर्मचारीले प्रमोसन खाँदै राजीनामा दिन सक्ने

12k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, १९ कात्तिक । विगतको समस्या समाधान गर्ने उद्देश्यले समायोजन ऐनको नयाँ मस्यौदा ल्याइए पनि विधेयकमा थप जटिलता देखिएको छ ।

नयाँ ऐनका लागि प्रस्तावित मस्यौदामा वरिष्ठताका आधारमा कर्मचारीले तह, प्रदेश र संघ रोज्न सक्ने र तह वा प्रदेशमा जानेलाई तहगत प्रमोसन दिने प्रस्ताव छ ।

तर, त्यसरी प्रमोसन लिएर समायोजन भएका कर्मचारीले कति वर्ष अनिवार्य सेवा गर्नुपर्ने भन्ने व्यवस्था गरिएको छैन । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

त्यसो हुँदा यसअघि स्वेच्छिक अवकाशमा जान निवेदन दिएकाहरू प्रमोसन खाएर तह वा प्रदेशमा जाने र केही महिनामै राजीनामा दिएर जाने सम्भावना बढेको सामान्य प्रशासन मन्त्रालयका एक अधिकारी बताउँछन् ।

त्यसरी स्वेच्छिक अवकाश रोजेका अधिकांश कर्मचारीले त्यस्तो बाटो रोजे राज्यलाई थप आर्थिक भार पर्ने उनीहरूको चिन्ता छ । प्रवक्ता अधिकारीले पनि समायोजन भएर गएपछि उनीहरूले कति वर्ष सेवा गर्ने भन्ने व्यवस्था नभएकाले अप्ठेरो अवस्था आउन सक्ने बताए ।