४ कार्तिक २०८३, बुधबार

चितवनका कुखुरा पालक किसानहरु लगात अनुसार मूल्य नपाएपछि आन्दोलित

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १८ कात्तिक । पोल्ट्रीको राजधानीको रुपमा स्थापित चितवनका कुखुरा पालक किसानहरु लगात अनुसार मूल्य नपाएपछि आन्दोलित भएका छन् । नेपाल कुखुरा पालक किसान संघ केन्द्रिय समिति र जिल्ला समिति चितवनको अगुवाईमा चितवनका कृषकहरु आन्दोलित भएका हुन् ।

कुखुराको चल्लादेखि गुणस्तरीय दाना, औषधी, ल्यावजस्ता समस्या देखि मूल्यको समानता नहुँदा कुखुरा पालक किसान मर्कामा परेको उनीहरुले बताए । चल्ला र दाना खरिद गर्दा सप्लायर्सको मनोमानी र मासुका लागि तयार भएका कुखुरामा विचौलियाको दलालीले किसान मर्कामा परेको उनीहरुको भनाई छ । साथै विचौलियालाई समेत कार्वाही गर्न माग गरेका छन् ।

कुखुरा व्यवसाय गर्न धेरै युवाहरु इच्छुक हुँदाहुँदै पनि कुखुराका चल्ला र दानामा मनोमानी, औषधीको अभाव, ल्याव टेष्टमा समस्या, बजारीकरणमा समस्या र दक्ष प्राविधिक नहुनुले कुखुरा व्यवसाय फस्टाउन नसकेको उनीहरुको निष्कर्ष छ ।

जिल्ला सदरमुकाम भरतपुरको चौविसकोठीदेखि सुरु भएको र्‍यालीमा जिल्लाभरिबाट आएका किसानहरुले विभिन्न र्‍यालीसहित नाराबाजी गरेका थिए । अवसरमा बोल्दै किसानहरुको नेपाल कुखुरा पालक संघका केन्द्रिय अध्यक्ष झलक पौडेलले चल्ला, दाना र तयारी मासु अनुसार कुखुराको मूल्य निर्धारण नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

ह्याचरी, दाना र कुखुरा सप्लार्यसले चल्लाको मूल्यमा, दाना मूल्यमा र सप्लार्यस गर्दा अत्याधिक मूल्य भएको तर किसानले पाउने मूल्य कम भएपछि किसानहरु पालायन हुने अवस्था आएपछि सांकेतिक रुपमा सडकमा उत्रिदै आन्दोलन सुरु गरेको संघका केन्द्रिय अध्यक्ष झनक पौडेलले बताए ।

संघका चितवन जिल्ला अध्यक्ष नारायणप्रसाद दवाडीले अनुदानदेखि मासुको कारोबारसम्म किसानको भन्दा बिचौलिया र ठूला व्यवसायीका रजाइ रहेकोे बताए । किसानहरु राज्यबाटै मारमा परेको र पेशाबाट पलायन हुने अवस्था आएकाले त्यस विरुद्ध आन्दोलनका लागि एकता गरिएको बताए ।

‘घाटामा जानुपर्ने अवस्था छ, यदि सम्म कि घर जग्गा बेच्ने, कति खाडीमा छन्’, उनले भने, ‘यस्तै हुने हो पोल्ट्री सेक्टरको जग भनेको किसान हो यदि किसान मारमा परे सबै तिर समस्या आउछ ।’

मूल्य समायोजन हुँदैन तबसम्म आफूहरुको आन्दोलन जारी राख्ने समितिले जनाएको छ । आफूहरुले माग पुरा नभएसम्म चितवनमा कुखुराजन्य उत्पादन ठप्प पार्ने र अन्य ठाउँबाट समेत ल्याउन नदिने तथा चितवनमा समेत कुखुरा नपाल्ने समितिले चेतावनी दिएको छ ।