
–बिजय चालिसे
कावासोती, १८ कात्तिक । राइनो सरक्षण गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा च्यासल युथ क्लब बिजयी भएको छ । बिमल घर्ति मगरको टोली च्यासलले ब्वाईज युनियनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा च्यासलका विदेशी खेलाडी सिकोले गोल गर्दै टिमलाई अग्रता दिलाए । लगत्तै ब्वाईज युनियनका रुमेश बर्तौलाले गोल गरेर खेल बराबरीमा ल्याए । खेलको अन्तिम समयमा देबेन्द्र तामाङले गोल गर्दै च्यासललाई जित दिलाए । देबेन्द्र खेलको म्यान अफ दि म्याच भए ।
प्रतियोगिता अन्तर्गत सोमबारको खेल नेपाल पुलिस क्लब र डिफेन्डिङ च्याम्पियन सिएमजी सन्कटाबीच हुनेछ ।















प्रतिक्रिया