२ कार्तिक २०८३, सोमबार

दाङका बजारमा जुम्ली स्याउ

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमही, १८ कात्तिक । दाङको लमही बजारमा जुम्लाको स्याउले बजार पाउन थालेको छ । भारतबाट आयात गरिएको स्याउभन्दा सस्तो भएका कारण जुम्लाको स्याउले बजार पाएको हो ।

लमही–६ का देउमती चौधरीका अनुसार लमही बजारमा अहिले जुम्ली स्याउ प्रतिकिलो रु १६० मा बिक्री भइरहेको छ । भारतीय स्याउलाई प्रतिकिलो रु १८० भन्दा बढी पर्छ ।

जुम्लाको स्याउ भारतीय स्याउभन्दा सस्तो तथा मिठो भएकाले ग्राहकको रोजाइमा परेको हो । अहिले जिल्लाको लमही, घोराही, तुलसीपुर, भालुवाङलगायत बजारमा जुम्लाको स्याउको अत्यधिक माग छ । –रासस