२ कार्तिक २०८३, सोमबार

तिहारको अवसरमा एनआईसी एशियाले ल्यायो दुई योजना

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १८ कार्तिक । एनआईसी एशिया बैंक लिमिटेडले यो वर्षको दिपावली भाइटिकाको उपलक्ष्यमा ‘सोच बदलौं … भाइटिकाको उपहारस्वरुप रकम ट्रान्सफर रोजौं’ भन्ने मूल नाराका साथ नेपालमै पहिलोपटक नयाँ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत बैंकले आफ्ना ग्राहकलाई रू. १०० को बोनस उपलब्ध गराउनेछ ।

बैंकले भाइटिकाको उपलक्ष्यमा ग्राहकहरूले दिने दक्षिणा स्वरुपको रकम बैंकको मोबाइल बैंकबाट रकम ट्रान्सफर गर्दा रू. १०० बराबरको बोनस रकम प्राप्त गर्नेछन् । बोनस रकम दक्षिणा प्राप्त गर्ने ग्राहकले प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकले यस अभियानमा सहभागी हुन सबै ग्राहकहरुलाई अनुरोध गरेको छ ।

यसैगरी, ‘नछुटोस् छुट पाउने मौका’भन्ने मूल नाराका साथ कुनै पनि सामान खरिद गरी यसको भुक्तानीमा एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग तथा क्यूआर कोडको माध्यमबाट कारोबार गर्दा ५ प्रतिशत वा रु. ५०० सम्मको छुटको व्यवस्था समेत गरेको छ । यो अभियानमा सहभागी भई छुट सुविधा प्रदान गर्न बैंकले आह्वान गरेको छ ।

देशभर २६५ शाखा कार्यालय, २६५ एटिएम, २७ वटा एक्सटेन्सन काउनटर एवं १८ वटा शाखा रहित बैंकिङ ईकाईमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६७ अर्ब तथा कर्जा रू. १४१ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको बैंकले जनाएको छ ।

हालसम्म बैंकको ग्राहक संख्या करिब १३ लाख ५०हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।