४ कार्तिक २०८३, बुधबार

कारबाहीमा परे सन्दीप, यस्तो छ कारण

7.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट खेलिरहेका खेलाडी सन्दीप लामिछाने कारबाहीमा परेका छन् । विराटनगर टाईटन्सका कप्तानसमेत रहेका सन्दीप कारबाहीमा परेका हुन् ।

शनिबार भएको दोस्रो खेल अन्तर्गत चितवन राइनोजसँगको खेलका क्रममा अम्पाएरसँगको विवाद गरेपछि उनी कारबाहीमा परेका हुन् । उनलाई म्याच अम्पाएर सत्यजित सरकारले कारबाही गरेका हुन् ।

सत्यजितले कारबाही स्वरुप डि–मेरिट अंक दिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा २४ महिनाको समयमा कुनै खेलाडीले ४ डी–मेरिट अंक बटुलेमा १ टेस्ट वा २ सिमित ओभर क्रिकेट खेलबाट निलम्बन गर्ने नियम छ ।

सत्यजित सरकारले नेपाली घरेलु क्रिकेटमा भने डी–मेरिट अंक १२ महिनासम्मको समयका लागि रहने बताएका छन् । यसरी कारबाहीमा पर्ने सन्दीप एक्लो भने होइनन् । यसअघि पिपिएल क्रिकेटमै काठमाडौँ रोयल्सका खेलाडी अमर सिंह रौटेलाले सो कारबाही भोगेका छन् ।

खेलको दोश्रो इनिंगको चौथो ओभरको अन्तिम बलमा किशोर महतोको बललाई नोबल घोषणा गरेपछि सन्दिपले त्यसको बिरोधमा अन्फिल्ड अम्पायर संजय सिग्देलसंग विवाद गरेका थिए ।