४ कार्तिक २०८३, बुधबार

यू–१५ साफ च्याम्पियन बन्यो बंगलादेश

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । बंगलादेश चौथो संस्करणको यू–१५ साफ च्याम्पियन भएको छ । शनिबार भएको फाइनल खेलमा पाकिस्तानलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै बंगलादेश च्याम्पियन बनेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ को बराबरीका सकिएपछि खेल टाईब्रेकरमा धेलिएको थियो ।

खेलको २७ औं मिनेटमा पाकिस्तानका हसिब मोहम्मद खाले आत्मघाती गोल गरेपछि बंगलादेशले अग्रता बनाएको थियो । खेलको ५४ औं मिनेटमा पाकिस्तानले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि दुवै टोलीबाट गोल नभएपछि निर्धारित समयको खेल बराबरीमा सकिएको थियो ।

प्रतियोगिता अन्तर्गत भारतले तेस्रो स्थान हात पार्दा नेपाल भने चौंथो भएको छ । तेस्रो स्थानका लागि शनिबार नै भएको खेलमा नेपाल भारतसँग १–० ले पराजित भएको थियो ।