
–बिजय चालिसे
कावासोती, १७ कार्तिक । नवलपुरमा जारी राइनो गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा वीरगंज युथ एकेडेमी विजयी भएको छ ।
मध्यविन्दु–२, कोल्हुवामा भएको शनिबारको खेलमा वीरगंजले कास्की ११ पोखरालाई टाईब्रेकरमा ३–१ गोल अन्तरले पराजित गरेको हो । निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो ।
पेनाल्टी शुटाउटमा वीरगंजका तीनै जना खेलाडीले गोल गर्दा कास्कीका एक खेलाडीले मात्र गोल गरे ।
प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार ५ सय ५५ र उपविजेता टिमले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । सेमीफाईनलमा पुग्ने २ टिमलाई म्याच मनी १ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।















प्रतिक्रिया