
काठमाडौं, १७ कात्तिक । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगर टाईटन्सले चितवन राइनोजसामु १४६ रनको लक्ष्य पेस गरेको छ ।
पोखरा रंगशालामा शनिबार जारी लिग चरणको अन्तिम खेलमा अघिल्लो चरणको सम्भावना सकिएको विराटनगरले अर्को चरणको लागि प्रयास गरिरहेको चितवनलाई मध्यम चुनौति पस्किएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको सन्दीप लामिछानेको विराटनगरले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १४५ रन बनाएको हो । विराटनगरका लागि सहद आलमले ५१ रन जोडे । सुनिल धमला ४७ रनमा आउट भए ।
चितवनका कप्तान पारस खड्का र स्मित पटेलले २/२ विकेट लिए ।
प्रतियोगिताको दोस्रो चरणमा पुग्न चितवनका लागि शनिबारको खेल महत्वपूर्ण रहेको छ । चितवनले ४ खेलबाट ४ अंक जोडेको छ । विराटनगरको भने प्ले अफ सम्भावना सकिएको छ ।















प्रतिक्रिया