४ कार्तिक २०८३, बुधबार

साफ यू–१५ : भारतसँग पराजित भएसँगै चौथो भयो नेपाल

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । चौथो संस्करणको साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपाल चौंथो भएको छ । तेस्रो स्थानको लागि शनिबार भएको खेलमा भारतसँग १–० ले पराजित भएपछि नेपाल चौंथो हुँदै प्रतियोगिता सक्काएको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको शनिबारको खेलको निर्णायक गोल भारतका लागि थालाचेउले गरे । पहिलो हाफको १७ औं मिनेट मै गोल गर्दै उनले भारतलाई अग्रता दिलाएका थिए ।

थुप्रै अवशरहरु सदुपयोग गर्न नसक्दा नेपालले भने गोल गर्न सकेन । च्याम्पियनसिपको फाइनलमा शनिबार नै पाकिस्तान र बंगलादेश खेल्दैछन् ।