४ कार्तिक २०८३, बुधबार

पीपीएल क्रिकेट : काठमाडौंलाई हराउदै दोस्रो चरणमा पुग्यो पोखरा

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटको शनिबारको पहिलो खेलमा घरेलु टोली पोखरा पल्टनले हुलास काठमाडौं रोयल्सलाई ४ विकेटले हराएको छ । शनिबारको जितसँगै पोखरा दोस्रो चरणमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा काठमाडौंले दिएको १०४ रनको सामान्य लक्ष्य पोखराले मात्र ६ विकेट गुमाएर भेट्टायो । उसका लागि मोहम्मद नाविदले सर्वाधिक ३६ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङ गरेको काठमाडौंले १९ ओभर १ बलमा अलआउट हुँदै १०३ रन जोडेको थियो । काठमाडौंका लागि कप्तान ज्ञानेन्द्रले सर्वाधिक ३१ रन जोडे । यस्तै अमित श्रेष्ठले २१ रन जोड्दा बसन्त रेग्मीले अविजित १९ रन जोडे ।

जितसंगै पोखराले ५ खेलबाट ६ अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको छ । काठमाडौंको पनि ५ खेलबाट ६ अंक छ ।