११ कार्तिक २०८३, बुधबार

कांग्रेसको टिकट बाँड्ने संसदीय समिति चार तहमा

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । नयाँ विधान मस्यौदामा उम्मेदवार छनोट गर्ने संसदीय समितिको एकाधिकारलाई तोड्दै चार तहमा संसदीय समिति रहने व्यवस्था गरिएको छ ।

केन्द्र, प्रदेश, जिल्ला कार्यसमिति र स्थानीय तह कार्यसमितिमा संसदीय समिति रहने व्यवस्था विधानमा गर्न लागिएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

संघीय संसद्को उम्मेदवार छनोट गर्दा बुथ, वडा, स्थानीय तह, प्रदेश क्षेत्रीय समिति र प्रतिनिधिसभा क्षेत्रीय समितिले गरेको सिफारिसबमोजिम नै जिल्ला कार्यसमितिले उम्मेदवारको टुंगो लगाउने अधिकार विधानमा प्रस्ताव गरिएको ढुंगानाले बताए । जिल्ला कार्यसमितिले गरेको निर्णय चित्त नबुझे प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिमा पुनरावलोकन गर्ने अधिकार विधानमा सुरक्षित गरिएको छ ।

स्थानीय तहको एकाइलाई गाउँ वा नगरको उम्मेदवार छनोट गर्ने अधिकार दिइएको छ । मातहतको एकाइ अर्थात् वडा समितिले सिफारिस गरेका तीनजनाबाट मात्रै स्थानीय तहको उम्मेदवार छनोट गर्नुपर्ने बाध्यात्मक व्यवस्था विधानमा गरिएको छ । विधानमा वडालाई बुथ समितिले सिफारिस गरेका तीनजना भित्रबाट मात्रै उम्मेदवार छनोट गर्ने अधिकार दिइएको छ ।