११ कार्तिक २०८३, बुधबार

सामाजिक सञ्जाल प्रयोग गर्न पूर्वअनुमति लिनुपर्ने, अन्यथा कारबाही

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारी र विश्वविद्यालयका प्राध्यापकलाई सामाजिक सञ्जाल र मोबाईल फोन प्रयोगमा अंकुश लगाएको छ ।

मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत सामाजिक सञ्जाल र मोवाईल फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्गनिर्देशन २०७५ मार्फत मन्त्रालयले फेसबुक, ट्वीटर, इमो, भाईबरजस्ता सामाजिक सञ्जाल आफूखुसी प्रयोग गर्न रोक लगाएको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

कात्तिक १३ गतेदे स्वीकृत ६ बुँदे मार्गनिर्देशन तत्काल लागु हुने भनिएको छ, जसमा कार्यालयको खर्चमा भ्रमण गर्ने व्यक्तिले व्यक्तिगत रुपमा खिचिएको धार्मिकस्थल, बाटो, तालतलैया वा भ्रमण गरिएका स्थानको तस्वीरसमेत सामाजिक सञ्जालमा राख्न नपाइने उल्लेख छ ।