४ कार्तिक २०८३, बुधबार

राईनो गोल्डकप : एनआरटीको विजयी सुरुवात

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-बिजय चालिसे
कावासोती, १६ कात्तिक । न्युरोड टिम एनआरटीले नवलपुरको मध्यविन्दु–२, कोल्हुवामा जारी राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

राईनो रंगशाला कोल्हुवामा शुक्रबार भएको खेलमा सरस्वती युथ क्लबलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै एनआरटीले विजयी सुरुवात गरेको हो ।

खेलको पहिलो हाफको ३० औं मिनेटमा डिकेस खड्किको गोलबाट अग्रता लिएको एनआरटीले पहिलो हाफ सकिँदा २–० ले अघि रह्यो । पहिलो हाफको ४५ औं मिनेटमा राजेश परियारले टिमका लागि दोश्रो गोल गरेका थिए ।

खेलको दोस्रो हाफमा सरस्वती केही आक्रमक रुपमा प्रस्तुत भएपनि खेल भने आफ्नो पक्षमा पार्न सकेन । दोश्रो हाफको दोस्रो मिनेटमै तीर्थ बस्नेतको गोलबाट सरस्वतीले खेललाई २–१ को स्थितिमा पर्याएका थिए । त्यसपछि दुवै टिमले गोल गर्न नसक्दा खेलको नतिजा एनआरटीको पक्षमा पुगेको हो ।

प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा बिरगंज युथ एकेडेमी र कास्की ११ भिड्नेछन् । प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार ५ सय ५५ र उपविजेता टिमले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । सेमीफाईनलमा पुग्ने २ टिमलाई म्याच मनी १ लाख रुपैयाँ दिईने आयोजकले जनाएको छ ।