२ कार्तिक २०८३, सोमबार

एनआईसी एशिया बैंकको नयाँ शाखा मोरङको लेटाङ्गमा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १६ कार्तिक । एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय मोरङको लेटाङ्ग नगरपालिका वडा नं ४ मा सञ्चालनमा आएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले शुक्रबार शाखाको उद्घाटन गरे ।

उनले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको एनआईसी एशिया बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्‍याएको जनाए ।

बैंकको देशभर २ सय ६४ शाखा कार्यालयहरु, २ सय ६४ एटिएम, २७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ ईकाई रहेका छन् । बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६८ अर्ब तथा कर्जा रू. १४१ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ ।

हालसम्म बैंकका ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको जनाएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।