४ कार्तिक २०८३, बुधबार

राईनो संरक्षण गोल्डकप : सरस्वती र एनआरटी भिड्दै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-बिजय चालिसे

कावासोती, १६ कार्तिक । नवलपुरको मध्यविन्दु नगरपालिका–२, कोल्हुवामा बिहीबारदेखि सुरु भएको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत शुक्रबार सरस्वती युथ क्लब र न्युरोड टिम एनआरटी भिड्दैछन । खेल दिउँसो ३ बजेबाट राईनो रंगशाला कोल्हुवामा हुने आयोजकले जनाएको छ ।

यसअघि बिहीबार भएको उद्घाटन खेलमा आयोजक नवलपरासीले बिजयी सुरुवात गरेको थियो । प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा रुपन्देहीलाई १–० गोल अन्तरले पराजित गर्दै नवलपरासीले बिजयी सुरुवात गरेको हो । पहिलो हाफ गोलरहित बराबरिमा सकिएको खेलको दोश्रो हाफको २२ औँ मिनेटमा नवलपरासीका जर्सी नम्बर ९ का सबि गुरुङले गरेको गोल नै निर्णायक भएको थियो ।

खेलमा विभागीय टिम एपिएफ, नेपाल पुलिस क्लब र ए डिभिजनका ६ टिमसहित १२ टिमको सहभागिता रहेको आयोजक नन्द–भाउजु मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमन बहादुर भण्डारीले जानकारी दिए । प्रतियोगिता अन्तर्गत शनिबार वीरगन्ज युथ क्लव र कास्की ११ बीच प्रतिस्पर्धा हुँदा १८ गते च्यासल युथ क्लव र व्वाइज युनियन क्लव, १९ गते नेपाल पुलिस क्लव र सीएमजी संकटा भिड्नेछन् ।

यस्तै २६ गते एपीएफ क्लब र मनाङ–मर्स्याङ्दी क्लवबीच हुने प्रचार–प्रसार सयोजक बिष्णु अधिकारीले जानकारी दिए । प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार ५ सय ५५ र उपविजेता टिमले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । सेमीफाईनलमा पुग्ने २ टिमलाई म्याच मनी १ लाख रुपैयाँ दिईने आयोजकले जनाएको छ ।