५ कार्तिक २०८३, बिहिबार

दाजुभाई नभएका यी दुई बहिनीको व्यथा ‘मान्छेको मन’भित्र (भिडियो)

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक जय देवकोटाले ‘मान्छेको मन’ बोलको देउसी भैलो गीत ल्याएका छन् । देवकोटाले आफ्नै युट्युब च्यानलमार्फत गीत रिलिज गरेका छन् ।

तिहारलाई ध्यानमा राखेर देवकोटाले देउसी भैलो गीत ल्याएको बताएका छन् । ‘सबैलाई तिहारको रौनक लागेको छ । मलाई पनि गीत बनाउने मन लाग्यो ।

रेकर्ड गराएर रिलिज गरेको छु’, देवकोटाले भने, ‘रिलिज भएको दुईदिनभित्र आएको प्रतिक्रिया र युट्युबको कमेन्टले झन् हौसला थपिएको छ ।’ अघिल्ला वर्षमा ल्याइएका गीतहरूभन्दा यस पटकको देउसी भैलो गीत राम्रो रहेको उनले बताए ।

गीतमा देवकोटालाई गायिकाद्वय टीका पुन र पूर्णकला विसीले स्वरमा साथ दिएका छन् । गायक देवकोटाले दाजुभाई नभएका दुई दिदी र बहिनीको पीडालाई गीतमा समेटेका छन् ।
विष्णुजंग शाहीको शब्द, गायक देवकोटाकै संगीत रहेको देउवी भैलो गीतले दुई दिनमा युट्युबमा राम्रो भ्यु पाएको छ ।

म्युजिक भिडियोलाई बबिता श्रेष्ठले निर्देशन गरेकी छिन् । जय देवकोटा, रिना थापा, रुविना अधिकारी, एलिना रायमाझी, वीर बोहरा, सुधा देवकोटा, समन देवकोटा लगायतको गीतमा अभिनय रहेको छ ।