काठमाडौं, १६ कात्तिक । नेपाल प्रहरीले कतार प्रहरीसँग सुरक्षामा समन्वयका लागि समझदारी गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र कतार पब्लिक सेक्युरिटीका महानिर्देशक साद बिन जसिम अल खुलाइफीले समझदारीपत्रमा बुधबार हस्ताक्षर गरेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
समझदारी अन्र्तगत आतंकवाद र आतंककारी क्रियाकलापमा वित्तिय लगानी, अन्तरदेशीय अपराध, लागूऔषधको अवैध कारोबार, अवैध हातहतियार तथा विष्फोटक पदार्थको ओसारपसार, विद्युतीय अपराध, मानव बेचबिखन, वित्तिय अपराध नियन्त्रणमा समन्वय हुने छ ।
अपराध नियन्त्रण गर्ने प्रविधि तथा अपराध अनुसन्धानका प्रक्रिया र अनुभव आदान प्रदान हुने प्रहरीले जनाएको छ । प्रहरी विज्ञ तथा विषशेज्ञ सुरक्षा र प्रशिक्षण कार्यमा विज्ञहरूको आदानप्रदान गर्ने एवम् उपलब्ध स्रोत साधनलाई अपराध अनुसन्धानमा प्राविधिक तथा वैज्ञानिक ढंगबाट विकास गरी तालिम प्रदान गर्न समन्वय गर्ने लगायतका विषय समझदारीमा छन् ।















प्रतिक्रिया