
काठमाडौं, १४ कात्तिक । आइएमई पे मोबाइल मनीमार्फत मोबाइल फोनको माध्यमबाट विविध वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले मेगा बैंक नेपाल लिमिटेड र आइएमई डिजिटलबीच सम्झौता भएको छ ।
सम्झौता पत्रमा मेगा बैंकको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र आइएमई डिजिटलको तर्फबाट प्रमुख संचालक अधिकृत डेनियल डी श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौता अनुसार अब मेगा बैंक ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ । बैंकका सेवाग्राहीले आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिङ्क गर्ने, बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्नेलगायत सुविधा पाउने बैंकले जनाएको छ ।
मेगा बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्युआर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्ने भएका छन् ।















प्रतिक्रिया