४ कार्तिक २०८३, बुधबार

पीपीएल क्रिकेट : धनगढीसँग २० रनले पराजित भयो बुटवल

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । एक्स्पर्ट धनगढी ब्लुजले पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित दर्ता गरेको छ ।

पोखरा रंगशालामा बिहिबार भएको खेलमा सोमपाल कामीको बुटवल ब्लास्टर्सलाई २० रनले हराउँदै दिपेन्द्र सिंह ऐरीको धनगढीले अंकतालिकामा दुई अंक थपेको छ ।

धनगढीले दिएको १६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बुटवलले पुरै २० ओभरमा ६ विकेट गुमाएर १४१ रन बनाउन सक्यो । बुटवलका लागि चिराग सुरीले ५४ बलमा ७९ रनको उत्कृष्ट पारी खेलेपनि टिमको हार टार्न सकेनन् । रोहन मुस्तफा २० रनमा आउट भए भने सिदान्त लोहनी र कप्तान सोमपाल कामीले १२/१२ रन जोडे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले पुरै २० ओभरमा ४ विकेट गुमाएर १६१ रन बनाएको थियो । खराब सुरुवात गरेको धनगढीका लागि कप्तान दिपेन्द्र सिंह ऐरी र ड्यानियल लरेन्सलेअर्धशतकीय पारी खेले । दुवैले चौथो विकेटको लागि १०८ रनको साझेदारी गरे । लरेन्स ५२ रनमा आउट हुँदा कप्तान दिपेन्द्रले अविजित ५६ रन जोडे ।