२ कार्तिक २०८३, सोमबार

जावलाखेलमा शुरु भयो गोदावरी पुष्पमेला

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । गोदावरी फूलको व्यवसायीक विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । जावलाखेलको खेल मैदान, ललितपुरमा सुरु भएको प्रदर्शनीको प्रदेश नम्बर ३ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उदघाटन गरेका छन् ।

पुष्प व्यवसाय प्रवद्र्धनका सम्वन्धमा समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पुर्‍याउनका लागि प्रदर्शनी आयोजना गरिएको हो । नजिकै आइरहेको तिहार पर्व तथा छठलाई समेत लक्षित गरी गोदावरी पुष्प मेला तथा प्रदर्शनी गर्न लागिएको हो ।

मेलाको उद्घाटन गर्दै ३ नम्बर प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले व्यवसायिक फूल खेतीको अहिलेका अवस्था अझै बिस्तार हुनु पर्नेमा जोड दिएका थिए । यसका लागि आफुहरुले पुष्पमेलामा सहकार्य गरेको बताएका उनले आयातित फूलको प्रतिष्थापन गन बाटोमा लाग्न व्यवसायीलाई आग्रह गरे ।

प्रदेश सरकार, प्रदेश नं. ३, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पुष्प बिकास केन्द्रको सहयोगमा फ्लोरिकल्चर एशोसिएसन नेपालले १२ औ सस्करणको रुपमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको आयोजना गरेको हो ।

नजिकिँदै गरेको तिहारलाई लक्षित गर्दै आयोजना गरिएको प्रदर्शनीको नारा “रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि” भन्ने रहेको छ ।

मेलामा व्यवसायिक स्टल ४४, सूचनामुलक ३ र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित जम्मा ४८ वटा प्रदर्शनी कक्षहरु रहेका छन् । मेलाको आकर्षणको रुपमा गोदावरी फूलको विभिन्न नयाँ नयाँ प्रजातीका फूलहरुको प्रदर्शनी तथा बिक्री बितरण हुनुका साथै सयपत्री, मखमली तथा अन्य फूल बिरुवाहरुको समेत प्रदर्शनीमा समाबेश छन ।

३६ हजार भन्दा बढिले प्रत्यक्ष अवलोकन गर्ने मेलामा ४५ लाख रुपैंया बराबरको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।