२ कार्तिक २०८३, सोमबार

माछापुच्छ्रे बैंकको ओम अस्पताल र नेपाल क्यान्सर अस्पतालसँग सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । माछापुच्छ्रे बैंकले ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि.सँग आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ । बैंकले दुवै अस्पतालहरुसँग छुट्टा छुट्टै सम्झौता गरेको हो ।

सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको तर्फबाट प्रवन्ध निर्देशक बाबु काजी कार्कीले हस्ताक्षर गरे । यस्तै नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रको तर्फबाट कार्यकारी अध्यक्ष सुदिप श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले ओम हस्पिटलका सेवाहरुमा प्रतिशत सम्मको छुट पाउने भएका छन् ।

ओम हस्पिटलमा उपचार गराउन पुग्ने बैंकका ग्राहकहरूलाई प्याथोलोजी, अल्ट्रासाउन्ड, जेनरल हेल्थ चेकअप, सि. टि. स्क्यानरएक्सरे, म्यामोग्राफि, इ.सि.जि., इको, इन्डोस्कोपी, कोलोनोस्कोपी, डेन्टल उपचार, अपरेसन चार्ज, बेड चार्ज, मेडिकल चार्ज र ल्याब एण्ड रेडियोलोजी सेवामा प्रतिशत छुट दिने भएको छ ।

यस्तै माछापुच्छ्रे बैंकका ग्राहकहरूले नेपाल क्यान्सर अस्पतालका सेवाहरुमा ५ प्रतिशतदेखि १० प्रतिशतको छुट पाउन सक्नेछन् । नेपाल क्यान्सर अस्पतालमा क्यान्सरसम्बन्धी उपचार गराउन पुग्ने बैंकका ग्राहकहरूलाई रेडियोलोजी, ल्याबोरेट्री, बेड चार्ज र अस्पतालमा उपलब्ध क्यान्सर स्क्रिनिङ्ग प्याकेजमा १०प्रतिशत छुट दिने भएको छ ।

साथै, अस्पतालको रेडिएसन् थेरापी र ब्राकिथेरापी सेवामा पनि ग्राहकहरूले ५ प्रतिशत छुट पाउने भएका छन् । बैंकले हालसम्म देशभर रहेका ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३७ शाखा रहित बैंकिङ्ग सेवासमेत गरी १२५ स्थानबाट बैंकिङ्ग सेवा दिइरहेको छ । बैंकको देशभर १०३ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।