
काठमाडौँ, १४ कार्तिक । साताको पहिलो र दोश्रो दिन लगातार दोहोरो अंकले घटेको नेप्से परिसूचक तेश्रो दिन मंगलबार भने बढेको थियो । तर बुधबार नेप्से परिसूचक २ दशमलव ९० अंकले घटेर १२ सय २१ दशमलव ४६ अंकको विन्दुमा आइपुगेको छ ।
क वर्गका कम्पनीहरु मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ६५ अंकले घटेर २ सय ५९ दशमलव ७८ को विन्दुमा आइपुगेको छ । आज १ सय ६४ कम्पनीको १६ करोड ७५ लाख ९९ हजार १ सय ९० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बुधबार प्रभु बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । बैंकको ९० लाख २१ हजार ८ सय ७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । एनआइसी एसिया बैंकको ८७ लाख २७ हजार ६ सय ७९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै सिभिल बैंकको ६८ लाख ५ हजार ९ सय ९१ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
बुधबार कारोबारमा आएको निर्जीवन बीमा समूह, उत्पादन तथा प्रशोधन समूह र अन्य समूहबाहेक अरु सबै समूहमा गिरावट आएको छ । निर्जीवन बीमा समूह ३० दशमलव ०३ अंक, उत्पादन तथा प्रशोधन समूह ३० दशमलब ५७ अंक र अन्य समूह ३ दशमलव ०१ अंकले बढेको छ ।
यता जलविद्युत समूह ७ दशमलव ३७ अंक, माइक्रोफाइनान्स समूह ७ दशमलव ३६ अंकले घटेको छ। त्यस्तै बैंकिङ समूह ५ दशमलव ४९ अंकले घटेको छ ।















प्रतिक्रिया