४ कार्तिक २०८३, बुधबार

पीपीएल क्रिकेट : पारसको चितवनलाई पहिलो सफलता

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । पारस खड्कको कप्तानीमा रहेको चितवन राइनोजले पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित दर्ता गरेको छ।

बुधबार भएको खेलमा एक्स्पर्ट धनगढी ब्लुजलाई १२६ रनको फराकिलो अन्तरले हराएर चितवनले जितको खाता खोलेको हो ।

पोखरा रंगशालामा चितवनले दिएको १९४ रनको लक्ष्य पछ्याएको धनगढी १६ ओभर २ बलमा अलआउट हुँदै ६७ रनमा समेटियो । धनगढीका पिटर टेग्रोले २७ र योगेन्द्र सिंह कार्कीले १७ रन जोडे । चितवनका सन्नी पटेलले ४ विकेट लिए । यस्तै भुवन कार्की र स्मित पटेलले २÷२ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको पारस खड्काको चितवनले पुरै २० ओभरमा ५ विकेट गुमाएर १९३ रन जोडेको थियो । चितवनका हरिशंकर साहले ५३ रनमा रन बनाए । अनिल कुमार साह ३७ रनमा आउट हुँदा स्मित पटेलले २४ रन जोडे भने कप्तान पारस खड्का १९ रनमा पेभिलोन फर्के । धनगढीका दिपेन्द्र सिंह ऐरी, डान लरेन्स, योगेन्द्र सिंह कार्की र मन्जित श्रेष्ठले एक एक विकेट लिए ।

जितसंगै चितवनले ३ खेलबाट २ अंक जोडेको छ । धनगढीको पनि समान ३ खेलबाट २ अंक नै रहेको छ ।