५ कार्तिक २०८३, बिहिबार

गायिका सविना गाउने मात्रै होइन, नाच्न पनि पोख्त छिन् (भिडियो)

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायिका सविना श्रेष्ठले आधुनिक गीतहरूमा स्वर दिँदै आएकी छिन् । काठमाडौंको जोरपाटी नयाँ बस्तीमा बसोबास गर्दै आएकी गायिका सविनाको जन्मस्थान धरान हो ।

सानैदेखि गीतसंगीतमा लागेकी सविनालाई अहिले आफ्ना पतिले संगीतमा लाग्न साथ दिएका छन् । सविनाका पति नेपाल प्रहरीमा एसपीमा कार्यरत छन् । ‘मेरो गायनको शोख पूरा गर्न मलाई पतिले साथ दिनुभएको छ’, उनले भनिन्, ‘पतिको साथ थिएन भने अहिले गायनमा लाग्न सक्दैन थिएँ ।’

कुनै बेला वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा कार्यरत सविना सांकृतिक कार्यक्रमको संयोजक हुने गर्थिन् । बिगत स्मरण गर्दै उनले भनिन्, ‘धरानमा हुँदा सानाभन्दा साना कार्यक्रममा पनि सहभागी हुन्थेँ ।’

गायिका सविनले गीत मात्रै गाउँदिनन् । मौका मिल्यो भने नृत्य पनि गर्छिन् । ‘गीत गाउन सौखिन छु’, उनले भनिन्, ‘नाच्न पनि म लाग्छ । मौका मिल्यो भने नाच्ने गरेकी छु ।’ सविनाले आफ्नै स्वरमा रहेका चारवटा गीतहरूको म्युजिक भिडियो बनाएर रिलिज गरिसकेकी छिन् ।

सबै गीत उनका लागि प्रिय छन् । तर, उनले सोँचे जस्तो गीत अहिलेसम्म गाउन पाएकी छैनन् । ‘राम्रो गीत गाउने मन छ’, गायिका सविनाले भनिन्, ‘राम्रो आधुनिक गीत गाउन रहर छिटै पूरा हुनेछ ।’ आधुनिक गीतहरू विशेष रुचि राख्ने गरेकी गायिका सविनाले तीज गीत पनि गाएकी छिन् ।

गायिका अञ्जु पन्तको स्वर र गायन शैली सविनालाई मन पर्छ । अञ्जु पन्तकै पूर्वपति मनोजराजसँग सविनाले गायनको प्रशिक्षण समेत लिएकी छिन् । ‘गायनको प्रशिक्षण पनि लिएको छु’, उनले भनिन् ‘गायनमा अहिले आएका नयाँ गायक गायिकाहरू सबै राम्रो लाग्छ ।’

सविना समय हुनेवित्तिकै समाज सेवामा सक्रिय हुने गरेकी छिन् । नारी चेतनशील संघ, विकासको लागि शान्ति अभियान संस्थान लगायतका सामाजिक संघ संस्थामा उनी सक्रिय छिन् । आवश्यक पर्दा घरको सबै काम छाडेर पनि गायिका सविना सामाजिक काममा लाग्ने गरेकी छिन् ।

गायिका सविनाले ‘ए…साली’ बोलको गीत पनि रेकर्ड गराएकी छिन् । यो उनको पछल्लो म्युजिक भिडियो हो । सविनालाई इन्द्र श्रेष्ठले स्वरमा साथ दिएका छन् ।