५ कार्तिक २०८३, बिहिबार

बिरामी प्रधानमन्त्रीलाई भेटेर बाबुरामले भने– ठट्टामजाक गर्नुभो

36.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १३ कार्तिक । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले ओलीलाई भेटपछि ट्विट गर्दै ओली हंसमुख देखिएको र ठट्टामजाक पनि गरेको बताएका छन् । यस आधारमा ओलीको स्वास्थ्य सुधार हुँदै गएको भट्टराईले बताए ।

शनिबारदेखि रुघाखोकीले ग्रस्त प्रधानमन्त्रीलाई सोमबार बिहान ४:३० बजे अस्पताल भर्ना गरिएको थियो । ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको चिकित्सकहरुले बताएका छन् ।

मंगलबार बिहान विज्ञप्ति जारी गर्दै मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले ओलीको स्वास्थ्य सुधारोन्मुख रहेको जनाएको हो ।

बिहान प्रधानमन्त्री ओलीको रगत परीक्षण गर्नुका साथै छातीको एक्स–रे गरिएको थियो । रिपोर्टहरु सकारात्मक रहेको अस्पताल निर्देशक डा उत्तमकृष्ण श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

ओलीको उपचारमा डा अरुण सायमीको संयोजकत्वमा डा दिव्या सिंह शाह र डा सन्तकुमार दासको टोली खटिएको छ ।