११ कार्तिक २०८३, बुधबार

यी हुन् यौनसम्बन्ध राखेको भन्दै पतिलाई थुनाउने पत्नी

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, १३ कात्तिक । बलात्कार गरेको आरोपमा कञ्चनपुरकी एक महिलाले श्रीमानविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् ।

श्रीमतीको उजुरीपछि प्रहरीले आरोपित श्रीमानलाई पक्राउ गरेको छ । सोमबार कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसीकी मञ्जु जोशीले आफ्ना पति डम्बर जोशीविरुद्ध उजुरी दिएकी हुन् ।

डम्बरले आफ्नो इच्छाविपरीत यौनसम्पर्क राखेको आरोप लगाउँदै मञ्जुले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कृष्णराज ओझाले बताए ।

उजुरी दर्ता गरेर जबर्जस्ती करणीअन्तरगत मुद्दा दर्ताको प्रक्रिया अघि बढाएको छ । डम्बरलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न जिल्ला अदालतबाट अनुमति लिइएको छ । मञ्जु र डम्बरले डेढ वर्षअघि प्रेमविवाह गरेका थिए ।