काठमाडौं, १३ कात्तिक । नेपाल तथा मलेसियाबीच ऐतिहासिक श्रम सम्झौता भएको छ । नेपाली कामदार मलेसियाले लैजान लागेको २० वर्षपछि सो संझौता भएको हो । नेपाली कामदार अव मलेसियामा निशुल्क रुपमा काम गर्न जान पाउने बाटो खुलेको छ । नेपाल समाचार पत्रले खबर छापेको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको पहलमा उक्त संझौता भएपछि अव नेपाली कामदारले यस अघि म्यानपावर कम्पनीलाई बुझाउदै आएको अनावश्यक रुपमा बझाउदै आएको रकम बुझाउन नपर्ने गरी संझौता भएको छ ।
नेपाल सरकारले श्रम संझौता नगरी मलेसियामा कामदार नपठाउने भन्दै कामदार रोकेपछि मलेसियाका मानव संसाधन मन्त्री एम कुलेसागरन श्रम संझौता गर्न नेपाल नै आएका थिए ।
नेपालले मलेसियामा कामदार पठाउन रोक लगाएपछि मानव दलालको रुपमा रहेका म्यानपावर ब्यवसायीहरुले पटक पटक सरकारको निर्णयलाई उल्ट्याउने प्रयास गरेको भएपनि त्यो प्रयास सफल हुन सकेको थिएन ।
स्वास्थ्य परीक्षण देखि सुरक्षाका नाममा नेपाली कामदारहरुले ३५ भन्दा भन्दा बढी शुल्क तिर्नु परेको थियो । त्यसको अन्त्यसंगै छटपटाएका दलालहरुले नेपाली कामदारसंग लिएको शुल्क कायम राख्न मलेसियाली सरकारलाई समेत प्रभावमा पार्न खोजेको भएपनि त्यहां भएको निर्वाचनमा मलेसियाका महान नेता डा। महाथिर मोहमदको पार्टी सरकारमा आएपछि नेपालले उठाएको मागलाई सम्वोधन गर्ने बताएपछि नेपाल सरकार थप कठोर हुदै मलेसियासंग श्रम संझौतागर्न सफल भएको छ ।















प्रतिक्रिया