४ कार्तिक २०८३, बुधबार

हिमालयन हाइड्रो एक्स्पो माघ ४ देखि काठमाडौँमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, १२ कार्तिक । हिमालयन हाइड्रो एक्स्पो २०१९ काठमाडौंको भृकुुटीमण्डपमा अायोजना हुने भएको छ। स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रुपमा एक्स्पो अायोजना गरेका हुन्। माघ ४ गतेदेखि एक्स्पो अयोजना गरिने आयोजकले जनाएको छ।

नेपालमा जलविद्युत तथा ऊर्जा क्षेत्रमा अभूतपूर्व क्रियाकलापसंगै थप ऊर्जा उत्पादन, लोडसेडिङको न्यूनीकरण तथा सरकारले अघि सारेको १० वर्षमा १५ हजार मेगावाट निर्माणको बाटोमा राष्ट्र अघि बढेको छ । यसै परिप्रेक्षमा हिमालयन हाइड्रो एक्स्पो २०१९ ले ऊर्जा क्षेत्रमा एउटा फरक आयाम दिने र ऊर्जा क्षेत्रमा लागेका सवै सरोकारवालाहरुलाई एक ठाउँमा भेला गर्ने उदेश्यले आयोजना हुन लागेको आयोजक इपानका अध्यक्ष शैलेन्द्र गुरागाईले बताए ।

आगामी माघ ४ गते देखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा आयोजना हुने हिमालयन हाइड्रो एक्स्पो २०१९ मा एक सयभन्दा बढी स्टल रहने अनुमान गरिएको छ। जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक, बीमा लगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल राखिनेछ ।

ती स्टलमध्ये करिब आधा विदेशी स्टल रहनेछन् । २०१८ को एक्स्पोमा स्वदेशी तथा विदेशी गरेर एक सय भन्दा वढी स्टल थिए भने ५० हजार भन्दा धेरैले एक्सपो अवलोकन गरेका थिए । यसपटकको एक्स्पोमा ऊर्जासंग सम्वन्धित नयाँ प्रविधिका साथै ग्रिड कनेक्टेड सोलार सिस्टम आकर्षण बन्नेछ । यसका साथै एक्सपो अवलोकनका लागि आएका इच्छुक अवलोकनकर्ताहरुलाई हेलीकप्टर मार्फत हाइड्रोपावर कम्पनीको समेत भ्रमण गराउने व्यवस्था गरेको इपान अध्यक्ष गुरागाईले बताए ।

विद्युतको सही व्यवस्थापन हुन नसकिरहेको सन्दर्भमा एक्स्पोले नयाँ प्रविधिका साथै सम्बद्ध पक्षको सहभागितामा नयाँ आयाम थप्न टेवा पुर्‍याउने अायोजको विश्वास छ । एक्स्पोमा इन्जिनियरिङ संकायका विद्यार्थिहरुका वीचमा विभिन्न प्रतिस्पर्धा गरिनुका साथै हाइड्रोपावरका विषयमा जानकारी दिने स्टल पनि राखिने र हाइड्रोपावरमा आधुनिक प्रविधिको सम्भावित प्रयोग सम्वन्धमा समेत जानकारी दिइने छ ।