४ कार्तिक २०८३, बुधबार

पिपीएल क्रिकेट : पारसको टोली शरद भेषवाकरको टीमसँग हार्‍यो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कात्तिक । पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा शरद भेषवाकरको टिम पोखरा पल्टनसँग पराजित भएको छ ।

घरेलु टोली पोखरा पल्टनले चितवनलाई ५ विकेटले पराजित गरेको हो । पोखराको यो दोस्रो जित हो ।

सोमबार भएको खेलमा चितवनले दिएको १४१ रनको लक्ष्य पोखराले १७ ओभर २ बलमा ५ विकेट भेट्टायो । पोखराको जितमा रबि इन्दर सिंले ६५ रनको अर्धशतकीय पारी खेले । यस्तै कप्तान शरदले ३७ रन बनाउँदा रोहित कुमार पौडेलले १९ रन जोडे । चितवनका करण केसीले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १४० रन बनाएको थियो । चितवनका लागि सन्नी पटेलले अविजित ४६ रन बनाएपनि टिमको हार टार्न सकेनन् । कप्तान पारस खड्काले ४४ रन बनाउँदा सोनु तामाङले २१ र अनिल कुमार साहले १६ रन बनाएका थिए । पोखराका बिक्रम भुसालले २ तथा महेबुब आलम, मोहमद नाभिद र शरद भेषवाकरले १÷१ विकेट लिए ।

सोमबारको जितसंगै पोखराको ३ खेलबाट ४ अंक भएको छ । लगातार दोस्रो हार व्यहोरेको चितवन भने अंक विहिन छ ।