४ कार्तिक २०८३, बुधबार

पीपीएल क्रिकेट : चितवनले दियो पोखरालाई १४१ रनको लक्ष्य

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कात्तिक । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत चितवन राइनोजले पोखरा पल्टनसामु १४१ रनको लक्ष्य पेस गरेको छ ।

पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पारस खड्काको चितवनले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १४० रन बनाएको हो ।

चितवनका सन्नी पटेलले अविजित ४६ रनको योगदान दिदा कप्तान पारस खड्काले ४४ रन बनाए । त्यस्तै सोनु तामाङले २१ र अनिल कुमार साहले १६ रन जोडे ।

पोखराका बिक्रम भुसालले २ तथा महेबुब आलम, मोहमद नाभिद र शरद भेषवाकरले १/१ विकेट लिए । शरद भेषवाकरको पोखराले केहि बेरमा जवाफी ब्याटिङ गर्दैछ ।