११ कार्तिक २०८३, बुधबार

यसकारण बढ्यो रातो पासपोर्टको प्रयोग

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कात्तिक । मन्त्री, सांसददेखि मेयर तथा सरकारी कर्मचारीसम्मले रातो पासपोर्टको प्रयोग गर्दै आएका छन् ।

स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनपछि जनप्रतिनिधिको संख्या बढेको र जनप्रतिनिधि तथा सरकारका पदाधिकारीबाट कूटनीतिक राहदानीका लागि विगतको भन्दा सिफारिस बढी आएको विभागका सूचना अधिकारी अर्यालले बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘सम्बन्धित निकायबाट सिफारिस भएर आएपछि हामीले राहदानी जारी गर्छौं । मन्त्रीका लागि मन्त्रिपरिषद्बाट र सांसदका लागि सचिवालयबाट सिफारिस आएपछि जारी गर्ने गरेका छौँ । कुन कामका लागि जाने हो, खुलाएपछि रातो पासपोर्ट उहाँहरूले पाउनुहुन्छ,’ उनले भने ।

विगतमा ६०१ सदस्यीय संविधानसभा र संविधानसभाबाट रूपान्तरित व्यवस्थापिका संसद् थियो । सांसदहरूको संख्या बढी भएपछि प्रयोगकर्ता पनि सन् ०१६ सम्म बढी थिए ।

०१७ मा भने प्रयोगकर्ता घटे पनि तीन तहको निर्वाचनपछि ०१८ को हालसम्मको अवधि मात्रलाई हेर्ने हो भने गत वर्षको भन्दा प्रयोगकर्ता बढेका छन् ।