५ कार्तिक २०८३, बिहिबार

करिश्मा घमको शब्दमा ‘नेपालकी छोरी’, पेस्लाको अभिनय (भिडियो)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गीतकार करिश्मा घमको शब्दमा ‘नेपालकी छोरी‘’ बोलको गीत रिलिज भएको छ । गीतमा गायिका मिलन अमात्यको स्वर रहेको छ । गीतकार घम बेलायतमा बस्दै आएकी छिन् ।

‘मुटु’ एल्बममा समावेस रहेको ‘नेपालकी छोरी’ गीत आकर्षक भिडियो सहित सार्वजनिक भएको हो । भिडियो मोडल पेस्ला कटुवालको अभिनय देख्न सकिन्छ ।

शिल्पी थिएटरबाट अभिनय सिकेकी पेस्ला म्युजिक भिडियोमा व्यस्त छिन् । पेस्लाले छिट्टै फिल्ममा डेब्यु गर्ने तयारी थालेकी छिन् । फिल्मका लागि उनले आन्तरिक तयारीमा समेत जुटेकी छिन् ।

‘म्युजिक भिडियोमा भन्दा अब मेरो लक्ष्य फिल्ममा छ’, उनले भनिन्, ‘कुराकानी चलिरहेको छ । सायद छिटै फिल्ममा मेरो डेब्यु देख्न सक्नु हुन्छ ।’

राजेश थापा मगरको संगीत र सुमन क्षेत्रीको संगीत संयोजन रहेको गीतको भिडियोलाई मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् ।

मुकेश हुमागाईको छायाँकन, अमृत चापागाईको सम्पादन, माला मगरको कोरियोग्राफ रहेको भिडियो विन्ध्यावासिनी मुजिक प्रा।लिले बजारमा ल्याएको हो ।