११ कार्तिक २०८३, बुधबार

पाँचजना श्रीमान नहुँदा सबै काम प्रभावित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कात्तिक । दशैँपछि संवैधानिक इजलास वस्न सकेको छैन । संवैधानिक इजलास नियमित हुन नसक्दा संवैधानिक प्रकृतिसंग जोडिएका मुद्दाहरूको सुनुवाई प्रकृयामा ढिलाई भएको हो ।

न्यायाधीश दीपककुमार कार्की अमेरिका रहेकाले इजलास नबसेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले बताए । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

उनले भने, ‘इजलासका लागि पाँचै जना श्रीमान हुनुपर्छ । उहाँ बाहीर भएकोले पनि इजलास नबसेको हो । अर्को कुरा दशैँ पछि मङगलबार र बुधबार पनि परेको छैन ।’

संवैधानिक इजलास हप्ताको दुई दिन मङगलबार र बुधबार मात्र बस्ने गरेको छ । प्रधानन्यायाधीशसहित सो इजलासका अरू न्यायाधीशहरुले अन्य मुद्दा पनि हुनुपर्ने भएकाले संवैधानिक विषय हेर्न हप्ताको दुई दिन छुट्याइएको हो । उक्त इजलासमा संवैधानिक विवादका २२३ वटा मुद्दा सुनुवाइ हुन बाँकी रहेको सर्वोच्चले जनाएको छ ।

संविधानको धारा १३७ बमोजिम गठित संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित सर्वोच्चका अन्य ४ जना वरिष्ठ न्यायाधीशसहित ५ सदस्यीय रहने व्यवस्था छ ।