११ कार्तिक २०८३, बुधबार

माइक्रो बसका चालकलाई पनि ड्रेस

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कात्तिक । मंसिर १ गतेदेखि माइक्रोबसका चालकले पनि ड्रेस लगाउनु पर्ने भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यो विषयमा ट्राफिक प्रहरी महाशाखा र व्यवसायीबीच समझदारी भइसकेको बताए । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

‘सुरुमा ट्याक्सीमा यो अभ्यास ग-यौं, प्रभावकारी भयो त्यसैले उपत्यकाका माइक्रोमा पनि सुरु गर्दै छौं’, सिटौलाले भने, ‘त्यसपछि विस्तारै देशैभरका सबैखाले सवारीमा चालकको आफ्नै ड्रेस हुन्छ, ट्याक्सीमा जुन गुनासो आएको थियो ड्रेस लगाएपछि कमी हुँदै आएको छ ।’

माइक्रो चालकले सुन्तला र सहचालकले हरियो रंगको ज्याकेट लगाउनुपर्ने सिटौलाले बताए । लामो दूरीका गाडीमा पनि ड्रेसको व्यवस्था गरिने उनले बताए ।