
काठमाडौँ, ११ कार्तिक । एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय म्याङलुङ नगरपालिका वडा नं १ स्थित म्याङलुङ, तेह्रथुमस्थित म्याङलुङ शाखाको म्याङलुङ नगरपालिकाका मेयर संजय कुमार तुम्बाहाङ्गफेले आइतबार उद्घाटन गरे ।
बैंकले मुलुकभर २६४ शाखा कार्यालयहरु, २६४ एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ ईकाईमार्फत बैंकिङ सेवा प्रदान गरिरहेका छन् ।
बैंकको वासलातको आकार रू. १९९ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६७ अर्ब तथा कर्जा रू. १३९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ ।
हालसम्म बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।















प्रतिक्रिया