४ कार्तिक २०८३, बुधबार

पीपीएल क्रिकेट : धनगढीले विराटनगरलाई ७८ रनले पराजित गर्‍यो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, ११ कार्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा एक्स्पर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई ७८ रनले पराजित गरेको छ । धनगढी ब्लुजले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको विराटनगर १ सय ४ रन बनाउँदा अल आउट भएको हो ।

सौरभ खनाल र पिटर ट्रेगोको उत्कृष्ट ब्याटिङका कारण पीपीएलमा धनगढी ब्लुजले विराटनगर टाइटन्समाथि ७८ रनको शानदार जित हात पार्न सफल भएको हो । पोखरा रंगशालामा भएको खेलमा धनगढीले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगरले १६.४ ओभरमा सबै विकेट गुमाउँदै १०४ रनमात्रै बनाउन सक्यो ।

५ ओभरमा ५० रन कटाएको विराटनगर सम्हालिन नसक्दा पोखरा प्रिमियर लिगको दोस्रो खेलमा ७८ रनले पराजित हुन पुग्यो । विराटनगरका लागि सुनिल धमलाले २१ रन, मोहमद जाइद आलमले १९ रन, आन्ड्रयु सुविक्षणले १८ र सन्दीप जोराले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । त्यस्तै, विराटनगरलाई १०४ रनमा समेट्न धनगढीका ड्यानीयल लरेन्सले सर्वाधिक ३ विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरीले २ र रोविन क्षेत्री, कमल सिंह ऐरी र पिटर ट्रेगोले समान एक—एक विकेट लिए ।

त्यस्तै, टस जितेर पहिलो फिल्डिङ रोजेको सन्दीप लामिछानेको टिम विराटनगरले धनगढीलाई सानो लक्ष्यमा रोक्ने तयारी गरे पनि धनगढीका सौरभ खनालको विष्फोटक ब्याटिङपछि १८२ रन बनाएको थियो । सौरभले १३ बलको सामना गर्दै ५ छक्का र २ चौकाको मद्दतमा ४१ रन बनाएका थिए भने कम बल खर्चेर ४१ रन बनाउने सौरभ दोस्रो ब्याट्सम्यान भएका छन् । यसअघि पोखरा पल्टनका विनोद भण्डारीले ११ बलमा ४१ रन बनाएका थिए । विराटनगरविरुद्ध धनगढीका पिटर ट्रेगोले उत्कृष्ट ब्याटिङ गरेका थिए । ३८ बलको सामना गरेका पिटरले ४ छक्का र २ चौका प्रहार गर्दै ५३ रन बनाए ।

सुरुआत राम्रो गर्न नसके पनि तेस्रो नम्बरमा मैदान छिरेका इग्ल्यान्डका पिटर ट्रेगो र पाँचाैँ नम्बरमा मैदान छिरेका दीपेन्द्रसिंह ऐरीबीचको साझेदारी राम्रो रह्यो । कप्तान दीपेन्द्र र पिटरले ६० रनका लागि साझेदारी गरेका थिए । धनगढीका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले २९ रन सन्दीप जोराले १२ रन बनाएका थिए ।

त्यस्तै, धनगढीलाई १८२ रनमा रोक्न जितेन्द्र मुखियाले ४ विकेट लिएका थिए भने कप्तान सन्दीप लामिछाने, किसन महतो, सुनिल धमला, महोमद जाइद आलमले समान एक—एक विकेट लिएका थिए । आजै हुने दोस्रो खेलमा १ बजेर १५ मिनेटमा पोखरा पल्टन र बुटबल ब्लास्टर्स भिड्दैछन् ।