
काठमाडौँ, ११ कार्तिक । पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा एक्पर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई १ सय ८३ रनको लक्ष्य दिएको छ ।
पोखरा मैदानमा आइतबार टस हारेर पहिले ब्याटिङ गरेको धनगढी २० ओभरमा १ सय ८२ रनमा अलआउट भयो । धनगढीका लागि सौरभ खनालले १३ बलमा ४१ रन जोडे । अन्तिम बलमा अलआउट हुनुअघि उनले २ चौका र ५ छक्का प्रहार गरे ।
पिटर ट्रेगोले अर्धशतक प्रहार गरे । उनले ३८ बलमा २ चौका र ४ छक्काको मद्दतमा ५३ रन जोडे । कप्तान दीपेन्द्रसिंह ऐरीले २९ रन जोडे भने सन्दीप जोराले १२ रनको योगदान दिए ।
ओपनरद्वय सन्दीप सुनार ९ र ड्यानियल लाउरेन्स २ रनमै आउट हुँदा दिलिप नाथ ८ रन र मन्जित श्रेष्ठ १ रनमै आउट भए । योगेन्द्रसिंह कार्कीले ६ रन जोड्दा रोबिन क्षेत्री १० रनमा रनआउट भए ।
बलिङमा विराटनगरका जितेन्द्र मुखियाले ४ विकेट लिन सफल भए । सन्दीप लामिछाने, सुनील धमाला, किशोर महतो र मोहमद जइद अलामले समान १–१ विकेट लिए ।















प्रतिक्रिया